दफा ४६
कुनै व्यक्ति र निजको ... कानूनी सल्लाहकारको बीचमा भएको कुरा प्रकट गर्न पक्षलाई कर नलाग्ने
कुनै व्यक्ति र निजको ...कानूनी सल्लाहकारको बीचमा के कस्तो कुरा वा जानकारी आदान प्रदान भयो भनि प्रकट गर्न सो व्यक्तिलाई कर लगाइने छैन ।
तर निजले त्यस्तो कुनै जानकारी आफैं अदालतमा प्रकट गर्न चाहेमा त्यसलाई स्पष्ट गर्न अदालतले आवश्यक ठहराएको तत्सम्बन्धी अन्य कुनै कुरा निजले प्रकट गर्नु पर्नेछ ।